१४६८ दिनपछि गोल…

१३ असोज, एजेन्सी । मारियो बालोटेलीले इटालियन सिरी ए फुटबलमा १४ सय ६८ दिनपछि पुनः गोल गरेका छन् । सिरी ए अन्तर्गत आइतबार राति भएको खेलमा ब्रेशियाका बालोटेलीले गोल गरे पनि टिमलाई जिताउन भने सकेनन् ।

बालोटेलीको टिम ब्रेशिया नापोलीसँग २–१ ले पराजित भयो । अवे मैदानमा भएको खेलमा ब्रेशियाले पहिलो हाफमै दुई गोल खाएको थियो ।

द्रिश मर्तेन्सले १३ औँ तथा कोस्टास मानोलासले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा गोल गरेर नापोलीलाई अग्रता दिलाएका थिए । ब्रेशियाका लागि ६७ औँ मिनेटमा बालोटेलीले गोल गरे । बालोटेलीले यसअघि सन् २०१५ को सेप्टेम्बर २२ मा इटालियन सिरी एमा गोल गरेका थिए ।

एसी मिलानले युडिनेसलाई ३–२ ले पराजित गरेको सो खेलमा एसी मिलानका लागि बालोटेलीले नै पहिलो गोल गरेका थिए । त्यसपछि उनी फ्रान्सेली क्लब निस र मार्सेइलीमा रहेर पुनः यो सिजन इटालियन सिरी ए मा फर्किएका हुन् । २९ वर्षका बालोटेलीले आफ्नो गृहनगरको क्लब ब्रेशियासँग गएको अगस्टमा तीन वर्षको सम्झौता गरेका हुन् ।

सिरी ए अन्तर्गत आइतबार राति भएका अरु खेलमा फियोरेन्टिनाले एसी मिलानलाई ३–१, लाजिओले जेनोएलाई ४–०, रोमालो लीचे तथा युडिनेसले बोलोग्नालाई समान १–० ले हराएका छन् । यस्तै काग्लिएरी र वेरोनाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार