११ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले दशैं, तिहार, नेपाल सम्बत् र छठको अवसरमा असोज २९ गते वृहद् चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
हरेक वर्ष नेकपाले गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो । नेकपाको सम्पर्क समन्वय कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा महासचिव विष्णुप्रसाद पौडेलले उक्त कुराको जानकारी दिएका हुन् ।
पार्टी एकता अघि तत्कालीन नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)ले छुट्टाछुट्टै रूपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका थिए ।