११ असोज, काठमाडौं । उनी कहिले छोरालाई काखमा सुताउँथिन् । केहिले पछ्यौरीले गुटुमुटु पार्थिन् । भोकप्यास लागे–नलागेको सोध्थिन् ।
मिर्गौलाको उपचारका लागि छोरालाई काठमाडौं लैजाने गरेकी रौतहटको गरुडा नगरपालिका,८ की सिर्जनदेवी साहले बिहीबार राति बसमा आँखा झिम्म गर्न पाइनन् । तर उनले बिरामी छोरालाई हस्पिटल पु¥याउन सकिनन् । काखमै छोरा गुमाउनुप¥यो ।
जनकपुरमा सम्भव नभएपछि ३५ वर्षीय छोरा रुपलाल साहलाई थप उपचारका लागि काठमाडौं लैजान सिर्जनदेवि रौतहटबाट बिहीबार साँझ ना ७ ख ५३६४ नम्बरको बस चढेकी थिइन् ।
मध्यरातमा थाक्रे–८ चारकिलामा दुईवटा मालबाहक कन्टेनर ठोक्किएर राजमार्ग अवरोध भएपछि बिरामी बोकेको बस बिहान पौने ४ बजेदेखि जाममा फसेको थियो । शुक्रबार बिहान ६ बजेतिर बसमै रुपलालको मृत्यु भएको हो । कान्पिुर दैनिकले खबर छापेको छ ।