७ असोज, काठमाडौं । नेपाल राष्ट्रबैंकले नयाँ विशेषतासहित आजदेखि १०० को नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ ।
बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत न ओर१८०००००१ देखि कर३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याउन लागेको हो ।
नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध अग्रेजीमा लेखिएको नयाँ नोट प्रचलनमा ल्याउने भएको हो ।
पहिलो पटक ३ करोड थान (३ अर्ब रुपैयाँ)का सय दरका नयाँ नोट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ ।