७ असोज, काठमाडौं । आफ्नै बाबुले युवतीलाई अंकमाल गर, चुम्बन गर, प्रेम गरभन्दा जुनसुकै युवकलाई पनि अप्ठेरो लाग्छ । नवोदित अभिनेता अंकित शर्मालार्ई पनि बुबाबाट यस्तो आदेश आउँदा शुरुमा निकै गाह्रो लाग्यो । तर, चलचित्रमा काम गर्दा निर्देशकको आदेश मानेन भने चलचित्रको छायांकन नहुने भएकाले यी अभिनेताले बुबाले भनेको कुरा मान्दै गए ।
यही १० असोजबाट मुलुकका सिनेमा हलमा रिलिज हुने चलचित्र रातो टिका निधारमा बाट अंकितले डेब्यु गर्दै छन् । विदेशमा चलचित्र पढेर आएका अंकितले बुबा एवम् चलचित्र निर्माता निर्देशक कलाकार अशोक शर्मालाई गत वर्ष चलचित्र जय भोलेमा मुख्य सहायक निर्देशक भएर सधाएका थिए । राजधानी दैनिकले खबर बनाएको छ ।