
४ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौँबाट सन् २०१९–२०२१ कार्यकालको अध्यक्षका लागि पन्तले उम्मेदवारी घोषणा गरेका हुन् । पन्तले संघको संरचना, प्रशासन, संघको आन्तरिक व्यवस्थापन र स्वदेशमा एनआएरएनको लगानीसहित मतदानको अधिकारका विषयमा केन्द्रित रहेर आफ्नो योजना प्रस्तुत गरेका छन्।
उनले पूर्वअध्यक्ष शेष घलेको ‘भिजन २०२०’को योजना नै आफ्नो मूल नारा र एजेण्डा रहेको बताएका छन् । हाल पन्त एनआरएनएको अन्तराष्ट्रिय उपाध्यक्षको दोस्रो कार्यकालमा छन् ।