१ असोज, काठमाडौं । नेपाली सेनाबाट शान्ति मिसनमा जाने सैनिकको दैनिक भत्तादरमा वृद्धि भएको छ ।
सैनिक ऐन २०६३ बमोजिम गठन भएको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिकोे सोमबार बसेको बैठकले भत्ता बढाउने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाका शान्ति सेनामा सहभागी तल्लो दर्जाका सिपाहीले मिशनमा खटिएको अवधिमा प्राप्त गर्ने दैनिक भत्ता हाल प्रति महिना एक हजार २९ अमेरिकी डलर पाउनेमा वृद्धि भएको हो । अब उनीहरुले एक हजार १ सय १४ अमेरिकी डलर पाउने भएका हुन् । कारोबार दैनिकले खबर छापेको छ ।