
३० भदौ, काठमाडौं । नेपाल धागो उत्पादक संघले असोज २ गतेदेखि नेपाली कपडा, धागो, होजियारी, तयारी पोशाक लगायत उत्पादन प्रवर्द्धनका लागि भृकुटीमण्डपमा मेला आयोजना गर्ने भएको छ।
मेलामा नेपाली धागोमार्फत उत्पादित विश्वस्तरीय गुणस्तरीय कपडा, होजियारी, तयारी पोशाक लगायत उत्पादन सस्तो मूल्यमा पाइने संघका अध्यक्ष पवन गोल्यानले बताए।
‘हामीले उत्पादन गरेको सामान एक सय रुपैयाँमा बजारमा पुग्छ। तर त्यसैलाई विदेशी ट्याग लगाएर व्यापारीले पाँच सय रुपैयाँमा विक्री गरिरहेका हुन्छन्। यो मेलामार्फत सर्वसाधरणलाई नेपाली उत्पादन विश्वस्तरीय रहेको प्रमाण देखाउन चाहेका हौं,’ अध्यक्ष गोल्यानले भने।
नेपालमै उत्पादन भएका सामाग्रीमा विदेशी ट्याग लागेर विक्री हुँदा पाँच गुणा महँगो हुनु स्वभाविक भएको जिकिर गरे।