गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार

३० भदौ, धनगढी । अछाममा रामारोशन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार गरिएको छ।

रामारोशन गाउँपालिकाका अध्यक्ष झँकर साउँदलाई लक्षित गरि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मुजाबगरमा रहेको गाँउपालिकाको कार्यालय संगै जोडिएको निवासमा रहेका साउँदलाई लक्षित गरी साझ गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनक शाहीले बताए ।

अध्यक्ष साउँदलाई प्रहार गरिएको पेस्तोलको गोली कोठाको कार्पेटमा लागेको थियो।

गोली प्रहार गर्ने व्यक्ती भने भागेका प्रहरीले जनाएको छ । उनीहरु कैलाश खोलामा हाम फालेको प्रहरीको भनाई छ।

उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख शाहीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार