पुछारको टिमसँग आर्सनलले जोगाउन सकेन अग्रता, रोकियो बराबरीमा

३० भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पहिलो हाफमा दुई गोलको अग्रता लिएर पनि आर्सनल बराबरीमा रोकिन बाध्य भएको छ । अवे मैदानमा भएको खेलमा आर्सनल पुछारको टिम वाट्फोर्डसँग २–२ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा दुई गोल गरेको आर्सनलले दोस्रो हाफमा दुई गोल नै खाएको हो । आर्सनलका लागि २१ र ३२ औँ मिनेटमा पिएर एमरिकले गोल गरेका हुन् ।

वाट्फोर्डका लागि ५३ औँ मिनेटमा टम क्लेभर्लीले गोल गरे । ८१ औँ मिनेटमा वाट्फोर्डले पेनाल्टी पायो । त्यसमा रोबर्तो परेइराले गोल गरेर खेलमा २–२ को बराबरी गरेका हुन् ।

आर्सनलले त्यसपछि तेस्रो गोल गर्दै खेलमा फर्किने राम्रो प्रयास गरेको थियो । तर जेरार्ड डेउलाफेउको प्रहार केही ‘वाइड’ भयो । बराबरीपछि सातौँ स्थानको आर्सनलको पाँच खेलबाट ८ अंक भएको छ । पाँच खेलबाट मात्रै दुई अंक जोडेको वाट्फोर्ड पुछारमै छ ।

लिग अन्तर्गत आइतबार राति नै भएको अर्को खेलमा बोर्नमाउथ विजयी भयो । घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले एभर्टनलाई ३–१ ले पराजित गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार