२८ भदौ, काठमाडौं । नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन हुनुभएको छ ।
अजरवैजानमा शुक्रबार भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट श्रेष्ठ महासचिवमा चयन हुनुभएको हो । नेपाल प्रेस काउन्सिल विश्व प्रेस काउन्सिलको सदस्य हो । काउन्सिलको अध्यक्षमा प्राडा सुले अकर ९साइप्रस०, उपाध्यक्षमा अफ्लातुन अमासोभ ९अजरबैजान०, कोषाध्यक्षमा डा तामेर अताबारुत ९टर्की० चयन हुनुभएको छ ।
सो सम्मेलनमा टर्की, भारत, श्रीलङ्का, केन्या, तान्जानिया, जिम्बाब्वे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बङ्गलादेश, साइप्रस, सेसेल्स, मालाबी, म्यान्मासहितका देश सहभागी थिए ।