कृषिराज्य मन्त्री चौधरीद्वारा तीन वटा मिठाई पसलमा अनुगमन

२७ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका तीन वटा मिठाई पसलमा अनुगमन गरेको छ।

कृषि तथा पशुपन्छी विकास राज्य मन्त्री रामकुमारी चौधरी र विभागकी महानिर्देशक मतिना बैद्य नेतृत्वको संयुक्त टोलीले तीन मिठाई पसलमा अनुगमन गरेको हो । टोलीले त्रिपुरेश्वरमा रहेको पशुपती फुड्स र साजन गोठ तथा सुनधारामा सालिमार हस्पिटालिटी एण्ड फुड्स प्रलिद्धारा सञ्चालित गुवाफमा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा थुप्रै कमीकमजोरी भेटिएको अनुगमन टोलीले जनाएको छ । मिति नभएका, मिति नाघेका, सरसफाइमा लापरर्वाही गरिएका खाद्य पदार्थ नष्ट गरिएको छ । अनुगमन पछि कृषि राज्यमन्त्री चौधरीले व्यवस्थापकीय कम्जोरी पाइएको बताए। उपभोक्तालाई गुणस्तरिय खाना खुवाउने व्यवशायीहरुको पनि कर्तव्य रहेको भन्दै अनुगमनलाई निरन्तरता दिने बताए। उनले मिठाई पसल मात्र नभई सबै खाद्य पदार्थमा अनुगमन र नियमन गरिरहेको बताए।

उनले उपभोक्ता र व्यवशायीका लागि अनुज्ञा पत्र लिएर काम गर्दा राम्रो हुने सुझाव दिए। राज्यमन्त्री चौधरीले एक हप्ता भित्र सुधार गर्न सबै पसल सञ्चालकलाई निर्देशन दिएको छ । विभागकी महानिर्देशक बैद्यले सरसफाइ र गुणास्तरियता कायम गर्न नसकेको भन्दै विभागमा उपस्थित हुन निर्देशन दिएको बताए । टोलीले परिक्षणका लागि १४ प्रकारका खाद्य पदखार्थ लिएको जनाएको छ।

विष्लेषण नमूना सार्वजनिक भएपछि खाद्य ऐन अनुसार नभएको पाइएमा सरकारी वकिलमार्फत मुद्धा चलाइने विभागले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार