
२६ भदौ, काठमाडौं । बिहीबार देशका केही स्थानमा मेघ गर्जन–चट्टयाङसहितको वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखा अनुसार देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन–चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै, राति देशभरी सामान्य बदली रही केहि स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षाको सम्भावना छ। देशको मध्य तथा पश्चिमी भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार नदीमा आकस्मिक पानीको वहाव वढ्ने, पहाडि भूू–भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।