पार्टी कार्यालय खोल्दै त्रिपाठी

२६ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग गरी निर्वाचनमा भाग लिएका हृदयेश त्रिपाठीले काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने भएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) सँग असन्तुष्ट बनेपछि त्रिपाठी ‘स्वतन्त्र समूह’ बनाएर तत्कालीन एमालेसँग सहकार्य गरी निर्वाचनमा भाग लिएका थिए ।

त्यसयता उनी नेकपामा जाने पटक–पटक चर्चा चले पनि मंगलबार बसेको उनको समूहको बैठकले काठमाडौंमा पार्टी कार्यालय खोल्नुको साथै जिल्ला र प्रदेशमा स्वतन्त्र राजनीतिक समूहकै नाममा संगठन बनाउने निर्णय गरेको हो । समाचार अन्नपूर्ण पोष्ट् दैनिकमा प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार