
२५ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिर अंकित सिंक्का निकालेको छ । बैंकले संस्कृतिविद् जोशीको सम्मनमा १००, १००० र २५०० को सिक्का निकालेको हो ।
बैंकले ललितपुर महानरपालिकाको प्रस्तावमा युगपुरुष जोशीको तस्बिर अंकित सिक्का निकालेको हो । सिक्का मंगलबार सार्वजनिक गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सिक्का सार्वजनिक गर्दै जोशीको योगदान जीवन्त बनाउन सिक्का निकालिएको बताउनुभयो ।
‘सत्यमोहनजीले नेपाली संस्कृतिमा महाविद्यावारिधिको उपाधि समेत प्राप्त गरिसक्नु धएको छ’ उहाँले भन्नुभयो, नेपाल राष्ट्र बैंकको शुद्धीकरणमा समेत उहाँकाे योगदान अतुलनीय छ । उहाँले नेपाली नोटहरुमा अंकित चित्रको विगत ४० वर्षयता सांगोपाँगो अध्ययन गरी नेपाल राष्ट्र बैंकलाई सुझाव दिँदै आउनुभएको छ ।’
ललितपुरका प्रतिनिधिसभा सदस्य पम्फा भुसालले संस्कृतिविद् जोशीले मुलुकमा पुर्याउनु भएको योगदानबारे चर्चा गर्नुभयो ।