
२४ भदौ, काठमाडौं । जयबागेश्वरी मन्दिरको पुनःनिर्माणका क्रममा गजुरीमुनिको दोस्रो तलामा तीन गजुर भएको छुट्टै मन्दिर फेला परेको छ ।
जयबागेश्वरी तहबिलका पचली नाइके विनोद वैद्यका अनुसार यो तीनवटा गजुर पहिला कहिल्यै देखिएको थिएन । जयबागेश्वरीका पुजारी जाने कतै ठाउँ पनि थिएन । मन्दिरभित्र तीन गजुर छन् भन्ने कसैलाई अत्तोपत्तो नै थिएन ।
धातुको तीनवटा गजुर भएको मन्दिर पुनःनिर्माणका क्रममा उदाङ्गो भएपछि पुरातात्त्विक क्षेत्रमा पनि यसले हलचल ल्याएको छ ।समाचार गोरखापत्रमा प्रकाशित छ ।