मधेसमा अन्धविश्वासको जडः बोक्सी आरोपमा मानव मलमूत्र कोच्याइन्छ

२४ भदौ, काठमाडौं । कथित बोक्सी आरोपमा मधेसमा महिलाबाटै महिलाहरु यातना भोगिरहेका छन् ।

छोरो बिरामी भयो, गाईभैंसीले दूध दिएन भने एक/अर्को छिमेकीलाई बोक्सीको नजरले हेर्न थाल्छन् । बोक्सीलाई बोलीचालीको भाषामा डायन भनिन्छ ।

बोक्सीको आरोपमा कुटिन्छन्, कोहीलाई मानव मलमूत्र कोच्याइन्छ । २०७५–०७६ मा प्रदेश २ मा २० वटा बोक्सीसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

बोक्सी हुन्छ भन्ने अन्धविश्वासले महिलाबाटै महिला यातनाको सिकार बनेका छन् । हुने खाने घरका महिलालाई यो आरोप लाग्दैन ।

गरिब, विपन्न तथा एकल महिलामाथि नै बोक्सीको तलबार चलाइन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजकरण महतोले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार