
२१ भदौ, काठमाडौं । वीरगन्ज महानगरपालिका -४ बिर्तास्थित गणेशमान सिंह चोकमा एक युवकले किशोरीमाथि बाटो ढुकरै एसिड छ्यापेका छन् । १६ वर्षीया सम्सद मिया हजामले शुक्रबार वीरगन्ज -३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार गरेका हुन् ।
त्रिभुवन हनुमान माविमा कक्षा ९ मा अध्ययनरत खातुनमाथि स्कुल जाने बेला बाटामा रोकेर एसिड प्रहार गरिएको थियो । मुस्कानले प्रेम प्रस्ताव स्वीकार नगरेकोले साथी माजिदको सल्लाहमा आफूले एसिड प्रहार गरेको सम्सादले प्रहरीलाई बयान दिएका छन् ।
पाँच महिनादेखि खातुनलाई पछ्याइरहेका माजिदले प्रेम प्रस्ताव राख्दा मुस्कानले नस्वीकारेपछि उनीमाथि आक्रमण गरेका थिए । समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।