२० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किँदै छन् । स्वास्थ्योपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली हाललाई उपचार प्रक्रिया पूरा गरेर स्वदेश फर्किन लागेका हुन् ।
प्रधानमन्त्री ओली शुक्रबार दिउँसो १२ः३० बजे काठमाडौँ आइपुग्ने जनाइएको छ । उनी भदौ पाँच गते उपचारका लागि गएका थिए । प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर गएका नेता विष्णु पौडेल र बामदेव गौतम पनि आजै फर्किँदै छन् । ओलीले सिंगापुरमा उपचारका बेला पनि भिडियो कन्फ्रेन्समार्फत क्याविनेट सदस्यसँग छलफल गरेका थिए ।
उनको उपचार प्रक्रिया गत बुधबार सकिएको थियो । प्रधानमन्त्री ओलीले बोलाएपछि नेता पौडेल र गौतम त्यसतर्फ गएका थिए । दुवै नेतासँग प्रधानमन्त्री ओलीले महत्वपूर्ण राजनीतिक वार्ता गरेको र स्वदेश फर्केलगत्तै केही ठूला निर्णय लिन सक्ने अनुमान गरिएको छ।