राष्ट्रपति सी आउनुअघि विदेशमन्त्री आउँदै

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता काठमाडौं आउने हुनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको अक्टोबरमा हुने भनिएको सम्भावित नेपाल भ्रमणको तयारीका लागि विदेशमन्त्री वाङ आइतबार काठमाडौं आउन लाग्नुभएको हो ।

वाङ शनिबार चीन, पाकिस्तान र अफगानिस्तानको त्रिपक्षीय बैठकमा सहभागी भएर आइतबार नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जानकारी दिएको हो ।

भ्रमण क्रममा वाङले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी ओली र समकक्षी प्रदीपकुमार ज्ञवालीसँग भेट गर्ने कार्यक्रम रहेको छ । नागरिक दैनिकले खबर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार