शक्तिशाली जितसहित सेरेना विलियम्स सेमिफाइनलमा

१८ भदौ, एजेन्सी । अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिस अन्तर्गत महिला एक तर्फको सेमिफाइनलमा प्रवेश गरेकी छन्।

नेपाली समय अनुसार बुधबार बिहान भएको क्वाटर फाइनलमा चीनकी वाङ्ग किआंगलाई पराजित गरेर सेरेनाले अन्तिम चारमा स्थान पक्का गरेकी हुन् ।

वाङ्गलाई पराजित गर्न सेरेनाले मात्रै ४४ मिनेट प्रतिस्पर्धा गर्नु परेको हो । सेरेनाले उनलाई ६–१ र ६–० को सेटमा पराजित गरिन् । वाङ्गले दोस्रो बरियताकी एशली बार्टीलाई पराजित गरेर क्वाटर फाइनलमा स्थान बनाएकी थिइन् ।

सेरेनाले सेमिफाइनलमा एलिना स्वीतोलिनासँग प्रतिस्पर्धा गर्ने छिन् । उनले बेलायतकी जोहन्ना कोन्टालाई ६–४ र ६–४ को सेटमा पराजित गरेर अन्तिम चारमा स्थान बनाएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार