
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङपिङ आउँदो अक्टुबरमा नेपाल आउनुहुने भएको छ । राष्ट्रपति सी जिङपिङ भारत भ्रमणबाट फर्केने क्रममा अक्टुबर १५ मा नेपाल आउने समाचार सार्वजनिक भएको हाे ।
चिनियाँ राष्ट्रपति अनौपचारिक रुपमा नेपाल आउन लाग्नुभएकाे स्रोतले जनाएको छ । स्रोतका अनुसार राष्ट्रपति सी जिङपिङ नेपालमा ९ घण्टा रहनु हुनेछ । चिनियाँ राष्ट्रपति आउनुअघि तयारीका लागि विदेशमन्त्री वाङ यीले सेप्टम्बरमा नेपाल भ्रमण गर्नुहुने जनाइएकाे छ ।
राष्ट्रपति सी जिङपिङ भारतमा भने ४ दिन बस्ने कार्यक्रम छ । भारत भ्रमणको क्रममा राष्ट्रपति सी जिङपिङलाई प्रधानमन्त्री नरेन्द्र मोदीले तमिलनाडु तटमा स्वागत गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपतिले भारतको विभिन्न पुरातात्विक तथा साँस्कृतिक क्षेत्र अवलोकन गर्ने तयारी भइरहेको स्रोतले उल्लेख गरेको छ ।
राष्ट्रपति सी जिङपिङ यसअघि केपी ओली प्रधानमन्त्री हुँदा पनि नेपाल आउने तयारी भएको थियो । ओली सरकार ढलेपछि उहाँको नेपाल भ्रमण रद्ध भएको थियो ।