
सुरक्षाका दृष्टिले मुलुकको बैङ्किङ प्रणाली नाजुक अवस्थामा रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सको तथ्याङ्क अनुसार बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल र तिनको पासवर्डसहित डाउनलोड गर्न मिल्ने अवस्थामा छन् ।
कम्पनीले सन् २०१८ भरि नेपालको साइबर सुरक्षाको अवस्था समेटेर तयार पारेको प्रतिवेदनमा बैङ्किङ प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
यता, एटीएम प्रणाली नै ह्याक गरेर काठमाडौँमा ९ वटा विभिन्न बैङ्कका अवैध भिषा कार्ड मार्फत १ करोड २६ लाखभन्दा बढी चोरीमा संलग्न ५ चिनियाँ नागरिक शनिबार पक्राउ परेका छन् । चोरीमा संलग्न अन्य तीन फरार छन् ।
शुक्रबार काठमाडौँ आएका उनीहरुले शनिबार ५ घण्टामा १५ सय पटक कार्ड प्रयोग गरेको पाइएको छ ।
उनीहरुले नबिल, नेपाल एसबीआई र नेपाल इन्भेस्टमेन्ट बैङ्कको एटीएम बुध प्रयोग गरेका छन् । रकम झिक्न प्रभु, एनआईसी एसिया, सिद्धार्थ, जनता ग्लोबल आइएमई र सनराइज बैङ्कको एटीएम कार्ड प्रयोग भएको छ ।
आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।