झलनाथले बजाए बाजा

१५ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पञ्चेबाजा प्रतियोगिताको उद्घाटन दमाहा बाजा बजाएर गर्नुभएको छ ।

शनिबार धादिङबेँसीमा आयोजित पञ्चेबाजा प्रतियोगितामा नेता खनालले बाजा बजाएर उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले संस्कृति संरक्षणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले नागरिकले गर्ने यस किसिमका अभियानले लामो समयदेखि चल्दै आएका संस्कृति र परम्पराको संरक्षण हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार