
१५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा केन्द्रका २८ सहित १ सय ८२ विभाग रित्ता छन् । केन्द्रीय पदाधिकारीका कार्यकाल सकिन लाग्दा समेत विभाग गठन हुन सकेको छैन ।
कांग्रेसको २०७२ साल फागुनं २० देखि २३ गते १३ औं महाधिवेशन भएको थियो । कांग्रेस विधानमा केन्द्रमा २८ र प्रत्येक प्रदेशमा २२ गरी १ सय ८२ विभनग रहने व्यवस्था छ । तर ती विभाग अहिलेले सम्म गठन भएका छैनन । विभाग गठन नहुँदा पार्टीमा केन्द्रदेखि तल्ला तहका नेता फुर्सदिला छन् ।
कांग्रेसमा यतिखेर १४ औ महाधिवेशनबारे घनिभूत छलफल भइरहेको छ । महाधिवेशनको लागि योजना तथा निर्णय गर्न असार २२ देखि कांग्रेस केन्द्रीय कार्य समिति बैठक भइरहेको छ । वैठकमा छलफलका लागि पार्टी विधान र संरचनासहित १४ एजेण्डा पेश गरिएको थियो । त्यसमध्ये पार्टी विधान र संरचनाको टुंगो लागि सकेको छ । बाँकी एजेण्डामा छलफल भइरहेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको विभिन्न निर्णयसँगै विभागको पनि टुंगो लाग्ने बताउनु भयो । ‘केन्द्रीय कार्य समिति बैठकमा राष्ट्रिय राजनीतिदेखि १४ औं महाधिवेशनबारे घनिभूत छलफल भइरहेको छ’ उहाँले भन्नुभयो, ‘महाधिवेशनको निर्णयसँगै विभागको पनि टुंगो लाग्छ ।’