नेपाल शान्त र सुरक्षित गन्तव्य

१४ भदौ, काठमाडौं । नेपाल भ्रमण वर्षले देशलाई विश्वमै शान्त र सुरक्षित गन्तव्यका रुपमा स्थापित गर्ने विश्वास गरिएको छ । रमाउन र शान्ति पाउन नेपाल जाऔं भन्ने अभियानका साथ भ्रमण वर्ष शुरु गर्नुपर्ने पनि औल्याइएको छ ।

काठमाडौं वातावरण शिक्षा परियोजना किपको १३ औं वार्षिक साधारण सभाको उद्घाटनका अवसरमा भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी २२ हजार युवालाई अतिथि सत्कारसम्बन्धी तालिम दिइने बताइएको छ ।

सरकारको एकल प्रयासले मात्र पर्यटन व्यवसाय नचल्ने हुँदा सम्बद्ध सबैको सामूहिक प्रयासले १५ औं पञ्च वर्षीय योजनाको अन्त्यसम्ममा राष्ट्रिय आयमा पर्यटनक्षेत्रको देन १० प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।

यस अभियानलाई पर्यटन व्यवसायीले पनि उत्साहका साथ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । पर्यटनका गतिविधिले प्रकृति र संस्कृतिमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरणमा किपले लामो समयदेखि काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार