
१३ भदौ, काठमाडौं । ‘बाहुबली’ले कमाइदिएको अभिनेता प्रभासको लोकप्रियता उनको नयाँ रिलिज ‘साहो’मा देखिएको छ । सिनेमा महँगो रकममा नेपाल भित्रिएको छ । सिनेमाका नेपाल वितरक मनोज राठीले ‘साहो’ ल्याउन करिब १ करोड २० लाख भारू खर्च भएको स्वीकार गरेका छन् । सेतोपाटीसँग कुरा गर्दै सिनेमाको नेपाल वितरण अधिकार महँगो परेको स्वीकार गरे ।
यस्तै चाबहिलमा रहेको ३ पर्दाको मल्टिप्लेक्स एफक्यूब बिग मुभिज भन्दा एककदम अगाडि देखिएको छ। उसले बिहान साढे ६ बजेदेखि नै सिनेमाको शो राखेको छ। एफक्युबमा ‘साहो’को १३ शो छ। ‘साहो’ नेपालका करिब सय हलमा एकसाथ लाग्दैछ। सिनेमाले रिलिजको दिन १ करोड नेपाली हाराहारीको व्यापार गर्ने अनुमान छ। सिनेमा भारतमा पनि एक साथ चार भाषामा करिब १० हजार पर्दामा रिलिज हुँदैछ। सिनेमा करिब ३५० करोड भारूको बजेटमा तयार भएको हो।