‘धर्म परिवर्तन नरोकिए मुलुकमा फेरि द्वन्द्व’

१२ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भइरहेको बताउनु भएको छ ।

हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले सनातन धर्म र संस्कृतिमाथि केही वर्षदेखि निरन्तर प्रहार भइरहेको उल्लेख गर्नुभयो । ‘मुलुकमा अहिले विभिन्न वाहनामा धर्म परिवर्तन गराउने कार्य भइरहेको छ’ उहाँले भन्नुभयो, ‘ धर्म, संस्कृति र परम्पराको आधारमा एकतावद्ध भएको समाजलाई फुटाउने प्रयास भइरहेको छ ।’

अध्यक्ष थापाले धर्म परिर्वतन गराउने क्रम नरोकिए मुलुक फेरि द्वन्द्वमा फस्ने बताउनु भयो । ‘मुलुक धर्म निरपेक्षता बनाइयता १० वर्षको अवधिमा १० लाख भन्दा बढीको धर्म परिवर्तन गराइएको छ’ उहाँले भन्नुभयो, ‘धर्म निरपेक्षताको आडमा भइरहेको धर्म परिर्वतन गराउने कार्य रोक्नुपर्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार