
१२ भदौ, काठमाडाैं । कर्णालीको किनार । भदौको टन्टलापुर घाम । केही महिला असिनपसिन गर्दै पानीबाट धमाधम बालुवा बोकेर डुँडीमा थुपार्दै छन् ।
कोही डुँडीमाथि राखिएको सोनाट्टा ( जाली ) ले बालुवाबाट ठूला ढुंगा अलग गर्दै छन् । कोहीचाहिँ मसिनो बालुवा थालमा हालेर बेस्सरी धुँदै छन् । बालुवा धोएपछि बाँसको कप्टेरो जस्तो ठग्नामा थोरै सुन भेटिन्छ । यसरी नै समूह समूहमा रहेका सोनाहा समुदायका महिला कर्णालीको बालुवाबाट सुन संकलन गर्दै आएका छन् । वर्षौदेखि ।
‘हामी पुस्तौँदेखि नदीकिनारमा बालुवामा सुन खोज्दै आएका छौँ’, बालुवा धुन व्यस्त विष्णुमती सोनाहाले भनिन्, ‘सोनाहाको मुख्य पेसा सुन खोज्नु र माछा मार्नु हो ।’
यो समुदायको मुख्य बसोबास कैलाली र बर्दियाको सीमावर्ती कर्णाली किनार हो । अन्नपूर्ण पाेस्ट् दैनिकले खबर छापेकाे छ ।