
११ भदाै, काठमाडौं । शास्त्रीय संगीतमा पारखी गायक सुशील गर्तौलाले आफ्नो नयाँ गीत ‘पहिलो यो माया’को म्यूजिक भिडियो सार्वजनिक गरेका छन्। ‘द भ्वाइस अफ नेपाल’को प्रतिस्पर्धी समेत हरहेका गर्तौलाको यो पहिलो गीत हो। उनको गीतमा शब्द रचना धन बहादुर गोपाली र संगीत श्री केसीको रहेको छ।
यस्तै गीतको म्यूजिक भिडियोमा मोडेलशेखर सुवेदी र समीक्षा पोखरेलले उत्कृष्ट भूमिका निभाएका छन्। उत्सव दाहालले छायांकन गरेको शुसील गर्तौलाको भिडियो निर्देशन प्रकाश धितालले गरेका छन्। यस्तै गीतको कोरियोग्राफी सन्तोष राजबाहकले कलात्मक तरिकाले देखाएका छन्।
गीतको एरेन्जर रिदम कँडेलले गरेका छन् भने मास्टरिङ फिरोज बज्राचार्यले गरेका छन्। दीपक गौतमले निर्माण गरेको उक्त गीतको म्यूजिक भिडियोको सम्पादन विकास दाहालले गरेका छन्।