आइफोनको बिक्री बन्द हुने खतरा

११ भदौ, एजेन्सी । कम्युटर चिप उत्पादन गर्ने दुई कम्पनीबिचको कानूनी संघर्षका कारण विश्वका सबैभन्दा चर्चित मोबाइलहरुको बिक्री बन्द हुने खतरा बढेको छ । प्याटेन्टका बारेमा दुई कम्पनीबिचको विवादका कारण प्रभावित हुन सक्नेमा एप्पल र गुगलसहितका कम्पनीका उत्पादन रहेका छन् ।

एप्पलको आइफोन र गुगलको मोबाइल फोनको बिक्रीमा नै प्रभाव पर्न सक्ने देखिएको हो । अमेरिकाको ग्लोबलफण्ड्रिजले आफ्नो प्रतिस्पर्धी कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ्ग कम्पनीका प्रोसेसर प्रयोग भएका उत्पादनको बिक्री अमेरिका र युरोपमा बन्द गर्न माग गरेको छ ।

टिएसएमसीले उत्पादन गरेको प्रोसेसर आफ्नो आइडिया रहेको ग्लोबलफण्ड्रिजको दाबी छ । तर टिएसएमसीले भने ग्लोबलफण्ड्रिजको दाबी आधारहिन रहेको बताएको छ ।

आफ्नो इन्टेलेक्चुअल प्रोपर्टी गैरकानूनी रुपमा आइफोन एक्सएस तथा गुगलको पिक्सेल स्मार्टफोनसहितमा प्रयोग गरिएको ग्लोबालफण्ड्रिजको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार