११ भदौ, काठमाडौं । भारतमा जारी दक्षिण एसियालीस्तरको साफ यू-१५ च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ४-१ गोलले हराएको छ।
यो जितपछि नेपालले फाइनल पुग्ने सम्भावना कायमै राख्यो। पाँच टोली सहभागी प्रतियोगितामा नेपाल तीन खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ। राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन्। नेपालले लिग चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्ने छ।
पहिलो खेलमा भारतसँग ५-० गोलले पराजित भएको नेपाल त्यसपछि श्रीलंकालाई २-० गोलले हराएर प्रतियोगितामा फर्किएको हो। बंगलादेशविरुद्ध नेपालका कृष्ण अधिकारी यादबले दुई गोल गरे।
भुटानसँग बिहीबार प्रतिस्पर्धा गर्ने छ। तीन खेलबाट ९ अंक भएको भारत शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको बंगलादेशको पनि ३ खेलबाट ६ अंक भएपनि गोल अन्तरमा नेपालभन्दा अगाडि रहेको हो। गोलअन्तरमा बंगलादेश नेपालभन्दा एक गोलले अगाडि छ। भुटानले प्रतियोगितामा एक खेल पनि जित्न सकेको छैन।
अन्तिम खेलमा बंगलादेशले भारतसँग खेल्ने छ। नेपाल दुई पटकको उपविजेता हो। सन् २०१३ र २०१७ को संस्करणमा फाइनलसम्म पुगेको थियो। भारत र बंगलादेशले दुई दुईपटक यो प्रतियोगिता जितेका छन्।