
१० भदौ, काठमाडौं । सूचना प्रविधिले द्रूत गतिमा नयाँ(नयाँ सेवा र सुविधा युक्त प्रविधिहरु भित्र्याइ रहेको बेला फिटकिरी डटकमले डिजिटल माध्यमबाट निस्शुल्क अनलाइन वर्गिकृत विज्ञापनको सुरुवात गरेको छ। नेपालमा पनि डिजिटलाइजेशनको प्रयोग बढ्दै जाँदा बजारको आवश्यकतालाई महसुस गर्दै मध्यनजर फिटकिरीले निस्शुल्क सेवा शुरु गरेको हो।
फिटकिरी डटकमले निस्शुल्क अनलाइन वर्गिकृत विज्ञापन गर्न सकिने, आफ्नो पुरानो तथा नयाँ सामानको विज्ञापन गर्नु परेमा प्रयोगकर्ताले फिटकिरी डटकममा निस्शुल्क खाता बनाई सामान, सेवा तथा जागिरको विज्ञापन गर्न सक्ने छन्।
यसका साथै अनलाइन सेवा फिटकिरी प्रयोगकर्ताले आफनो कम्प्युटर र मोवाइलबाट आफूलाई चाहिने पुरानो तथा नयाँ सामानहरु चयन गरि विना एजेण्ट सिधै बिक्रेतासँग सम्पर्क गरि कारोबार गर्न सक्नेछन्।
फिटकिरी डटकम एकदमै नौलो र सजिलो अनलाइन वर्गिकृत विज्ञापन माध्यम भएको निर्देशक तुलसीराम पौडेलले बताए। एउटै विज्ञापनमा धेरै फोटोहरु अपलोड गर्न सकिने, सजिलै खोज्न सकिने, वर्गिकृत ट्याग र सफा डिजाइन फिटकिरी डटकमको विशेषता रहेको कुरा पौडेलको भनाई छ।
एकिकृत वर्गिकृत विज्ञापन सेवालाई स्थापित गर्ने उद्देश्यले यो माध्यम विकास गरिएको हो। आफूलाई कर्मचारी चाहिएमा यो माध्यममा विज्ञापन गर्न र जागिर खान खोज्नेलाई जागिर खोज्न सकिने यसको अर्को मुख्य विशेषता हो।
सञ्चालनमा आएको छोटो समयमा प्रयोगकर्ताले दिएको प्रतिक्रियाले आफू उत्साहित भएको र चाडै मोवाइल एप्लिकेशन पनि सञ्चालनमा ल्याउने पौडेलले बताए।