७ भदौ, काठमाडौं । कैलाश हेलिकोप्टरले ल्याएको तेस्रो हेलिकोप्टरले शुक्रबारदेखि व्यवसायिक उडान सुरु गरेको छ ।
हेलिकप्टर एयरबसको एएस थ्रि फाइभ जिरो( बिथ्रीईले शुक्रबारदेखि व्यवसायिक उडान सुरु गरेको प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले जानकारी दिए । पहिलो उडान कम्पनीका अध्यक्ष तथा सिनियर क्याप्टेन आशिष शेरचनले भरेका थिए ।
नयाँ हेलिकोप्टर ‘९ एन एएमटी’ कल साइनको हो । कम्पनीले यसअघि ल्याएका दुई हेलिकोप्टरहरु अहिले विभिन्न क्षत्रेमा सेवा दिइरहेका थिए ।
२०७४ चैतमा कम्पनीले दुई वटा एयरबसकै हेलिकोप्टरबाट सेवा थालेको थियो । फ्रान्समा निर्मित यो हेलिकप्टरले उडान अनुमितपत्र प्राप्त गरेर व्यवसायिक उडान सुरु गरेको हो ।
कैलाशले कर्पोरेट फ्लाइट, हाइअल्टिच्युड अपरेसन, एरियल सर्भे, प्राकृतिक प्रकोप उद्दारका साथै बिरामीको पनि तत्काल उपचारका लागि गन्तब्य सम्म पुर्याउने लगायतका सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।