प्रेमीसंगकाे तस्बिरबारे प्रश्न सुनेपछि साम्राज्ञी चुपचाप

७ भदाै, पोखरा । चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’ अर्को साता प्रदर्शन हुँदैछ । व्यग्र प्रतीक्षा गरिएको सो फिल्म भदौ १३ देखि रिलिज हुन लागेको हो । फिल्म प्रचारका लागि शुक्रवार पोखरा आइपुगेको फिल्म यूनिटले त्रिकोणात्मक प्रेममा आधारित फिल्म अत्यन्तै राम्रो बनेकोले हेरिदिन सम्पूर्ण दर्शकलाई आग्रह गर्‍यो ।

निर्देशक नवल नेपालले फिल्मले नेपाली माटो पस्किने कोसिस गरेको बताए । अहिलेसम्म नआएको कथावस्तु आफूहरुले समेटेको दाबी गर्दै उनले फिल्मले पाश्चात्य शैली छोडेर नेपाली माटो पस्किएको उनको भनाइ थियो । निर्देशक नेपालले फिल्म दर्शकमाझ ल्याउँदासम्म निकै झमेला बेहार्नुपरेको गुनासो समेत गरे ।

केन्द्रीय पात्र अभिनेत्री सामाग्रीले आफ्नो करियरको सुरुवात पोखरा (फिल्म ड्रिम्स) बाटै भएको उल्लेख गर्दै फिल्मलाई माया गरिदिन आग्रह गरिन् । उनले कसैको बहकाउमा लागेर फिल्म यस्तो–उस्तो भनी कमेन्टी नगरी हलमै आएर एकफेर हेरिदिन आग्रह गरिन् । आफ्ना प्रेमीसँग भएको पछिल्लो फण्डाले करियरमा धुमिल ल्याउन सक्छ वा सक्दैन भन्ने पत्रकारको जिज्ञासामा उनी मौन रहिन् । उनको तर्फबाट निर्माता पूनम गौतमले कसैको व्यक्तिगत जीवनबारे चासो नराख्न आग्रह गरिन् । फिल्ममा आफुले साम्राज्ञीलाई २० लाख पारिश्रमिक दिइएकोबारे पुष्टी गर्दै सो राशिको पारिश्रमिक दिनुमा आफूले पनि सोही अनुसार पाउने अपेक्षा गर्दै लगानी गरेको बताइन् ।

नायक पुष्प खड्काले फिल्म निकै मेहनत गरेको र मूल्यांकन दर्शकसमक्ष छाडेको बताए । सार्वजनिक ट्रेलरले दर्शकको यसअघि मन जितिसकेको फिल्म यूनिटको दाबी छ । कार्यक्रममा गायक कृष्ण काफ्ले समेत उपस्थित थिए । फिल्म ड्रिम्सबाट डेब्यु गरेकी साम्राज्ञी पछिल्लो समय निकै चर्चामा छन् । हालसम्मका अभिनित फिल्म सहरीया युवतीको भूमिकामा देखिएकी उनी यस फिल्ममा पहिलो पटक फरक भूमिकामा छन् । फिल्ममा रेविका गुरुङको डेब्यु छ भने आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै लगायतको भूमिका छ ।

गोविन्द फुँयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत छ । सञ्जय लामाले छायांकन गरेका छन् । फिल्म यूनिट इटहरि, चितवन हुँदै शुक्रवार पोखरा आएको हो । चलचित्र पत्रकार संघ पोखरा अध्यक्ष रेम बिकको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुशन घिमिरले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार