
७ भदौ, एजेन्सी । नोकियाको मोबाइल ३३१० एक पटक पुनः चर्चामा आएको छ ।
बेलायतको एलेस्मेरे द्विपमा बस्दै आएका केविन मूडीको घरमा १९ वर्ष पुरानो उक्त मोडलको मोबाइल फेला परेसँगै चर्चा भएको हो । जब उसले फोन स्विच अन गरे तब फोनमा ७० प्रतिशत चार्ज रहेको देखे ।
केविनले भनेका छन्, ‘पछिल्लो दिनमा घरको चाबी हराएको थियो । चाबीका लागि दराज खोलेर खोज्दा फोन फेला पर्यो ।’ उनले थपे, ‘मैले १९ वर्ष पहिले यो फोन किनेको थिएँ । अहिले त मैले फोनको बारेमा भुलिसकेको रहेछु । मलाई याद नै थिएन कि मैले यो फोन कहिले चार्ज गरेको थिएँ ।’