
६ भदाै, जनकपुरधाम । प्रदेश नं. २ को लोक सेवा आयोगको अध्यक्षमा डा. सुरेन्द्रप्रसाद यादव सिफारिस भएका छन्।
बिहीबार मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षताकाे सिफारिस समितिले सिराहाका डा.यादवलाई अध्यक्षमा सिफारिस गरेको छ।
समितिमा सभामुख सरोज कुमार यादव र प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल सदस्य रहेका छन्।
लोक सेवा आयोगको अध्यक्ष सिफारीस भएसँगै अब प्रदेश सरकारलाई प्रदेशमा कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ।