
५ भदौ, एजेन्सी । इटालियन च्याम्पियन युभेन्टसले सिरी ए फुटबलका आयोजकलाई खेल सुरु हुने समय यसअघिको भन्दा चाँडो बनाउन आग्रह गरेको छ ।
एसियाली क्षेत्रका दर्शकलाई दक्षिण गरेर युभेन्टसले खेल सुरु हुने समय नियमित भन्दा चाँडो बनाउन सुझाव दिएको हो । गएको सिजन दर्शकका हिसाबले प्रिमियर लिगका शीर्ष ६ क्लब भन्दा पछि परेको थियो इटालियन क्लब युभेन्टस ।
दर्शकको संख्या बढ्ने प्रमुख स्रोत चीन बन्न सक्ने देखिएपछि उसले खेलको समय चाँडो राख्न आग्रह गरेको हो । सिरी ए फुटबलको नयाँ सिजन आउँदो शनिबारदेखि सुरु हुँदैछ ।
लिगका पहिलो दुई हप्ताका खेलहरु चीनमा मध्य रात वा त्यो भन्दा पछिको समय हुँदा सुरु हुनेछन्।