रविले फेसबुकमा लेखे, ‘हिरासतबाट निक्लेकाे ५ मिनेटमा दाेषी नभएकाे प्रमाणित गर्छु’

काठमाडाैं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछानेले आफू हिरासतबाट निक्लेकाे ५ मिनेटभित्र घटनामा आफ्नाे संलग्नता नभएकाे पुष्टि गर्ने बताएका छन् । रविकाे भनाइ उदृत गर्दै उनकी श्रीमती निकिता पाैडेलले आफ्नाे फेसबुक वालमा लेखेकी छन् ।

फेसबुक स्टयाटस जस्ताकाे त्यस्तै :

शालिकराम पुडासैनीको घटनाको बिषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिनसम्म हिरासतमा रहदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि ।

म, र मेरा सहकर्मी युवराज कँडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घटनामा हाम्रो कहि कतै संग्लनता नदेखिएको पोईन्ट वाईज स्पष्ट भइरहेको बेला फेरी पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम हामीलाई फसाउँने गरी सुनियोजित र नियतपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।

पाँचौ दिन सम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुश गरेको छु ।

बयानका लागि मेरा भनाई समावेश गरिरहदा म हिरासतबाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु । जव, कि प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो कोबाट कसरी लिक गरियो भन्ने बिषयमा अनुसन्धान अगाडी बढाउनुपर्ने थियो कि थिएन ? र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको विषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ?

तसर्थ अन्य तर्फको अनुसन्धान अगाडी बढाउनुपर्नेमा अनुसन्धानका लागि भन्दै प्रहरीले मेरो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि म प्रश्न गर्न चाहन्छु । प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फसाउँने नियतसहित समय लम्बाएको बिषयमा मैले आफूलाई यहाँ भित्र असुरक्षित रहेको महसुश गरेको हुँ ।

यो घटनालाई लिएर प्रहरीले मलाई ५ वर्षनै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहि कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु । ” रवि लामिछाने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार