
काठमाडौं । मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेकाले आगामी बिहीबारसम्म मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुलुकका अधिकांश स्थानमा मंगलबार सामान्य बदली रही मध्य, पूर्व र पश्चिमी पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ ।
पश्चिमी तथा पूर्वी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।