अरुणखोलाले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

२ भदौ, नवलपरासी । अरुणखोलाको पुल भाँचिएपछि बनाइएको ड्राइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको छ।

बुधवार ट्रकको ठक्कबाट पुल भाँचिएको थियो। आइतबार साँझ आएको वर्षासँगै बाढिले ड्राइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो।

ड्राइभर्सन बनाउन प्रयोग गरिएको हुम्प पाइप बगाएर छ। शनिवारदेखि केहि सहज बनेको राजमार्गमा यातायात सेवा पूर्ण रूपमा रोकिएको छ।

खोलामा पनीकोे वहाव ठुलो रहेकाले तत्काल वैकल्पिक मार्गमार्फत् यातायात सेवा सञ्चालन गर्न सम्भव नरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार