
काठमाडौं । जम्मुक–काश्मीरको राजौरीस्थित पाकिस्तानी सेनाको गोली प्रहारबाट एकजना नेपाली मूलका भारतीय सेनाको मृत्यु भएको छ । भारत–पाकिस्तान सीमाको लाइन अफ कन्ट्रोल (एलओसी)मा पाकिस्तानी सेनाले शनिबार बिहान ६ः३० बजे गोली चलाएको थियो ।
गोली लागेर ३५ वर्षीय जवान सन्दीप थापाको मृत्यु भएको हो । उनी विगत १५ वर्षदेखि भारतीय सेनामा जागिरे थिए । देहरादुन घर भएका सन्दीप गोली लागेर घाइते भएकोमा उपचारको क्रममा थापाको मृत्यु भएको हो ।
भारतले जम्मू–कश्मीरलाई बिशेषाधिकार दिएको संवैधानिक व्यवस्था खारेज गरेसँगै भारत र पाकिस्तानको सम्बन्ध चिसिएको छ । यस घटनापछि पाकिस्तानले भारतसँगको कुटनीतिक र आर्थिक सम्बन्धलाई खुम्च्याएको छ भने दुई देशबीच चल्ने रेल र बस सेवा समेत अवरुद्ध गरेको छ ।