
२ भदौ, काठमाडौं । पूर्व युवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् ।
आमा र छोराछोरी थाइल्यान्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक ९सई० लाई दुर्व्यवहार गरेका हुन् ।
ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले समेत जानकारी राखेको छ।
थाइल्यान्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए । आफ्ना छोरा र भान्जीलाई दुर्व्यवहार गरेको भन्दै उनले प्रहरीलाई दुर्व्यवहार गरेका थिए । नागरिक दैनिकले खबर छापेको छ ।