२ भदाै, एजेन्सी । नेइमार बार्सिलोना फर्किन चाहन्छन् । दुई वर्षअघि विश्व कीर्तिमानी मूल्यमा अनुबन्धित भएको क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) छोडेर उनी जसरी भए पनि बार्सिलोना फर्किन चाहेको देखिएको छ ।
तर बार्सिलोनाले गरेको प्रस्ताव पिएसजीले अस्वीकार गरेको छ । रियल मड्रिडले पनि उनमा चासो देखाएको छ । दुवै क्लबका प्रस्ताव अस्वीकृत भए पनि नेइमार दुईमध्ये एक क्लबमा जाने सम्भावना रहेको बताइन्छ ।
फ्रान्सेली सञ्चारमाध्यमले यो दाबी गरेका छन् कि बार्सिलोना वास्तवमा नेइमारलाई पुनः क्लबमा ल्याउन चाहँदैन, तर क्लबका स्टार खेलाडी लियोनल मेस्सीलाई खुशी पार्नका लागि उसले नेइमारलाई ल्याउने प्रयास गरेको छ ।
नेइमार र मेस्सी बार्सिलोनामा रहँदाका राम्रो साथी हुन् र उनीहरु अहिले पनि राम्रो साथी छन् । मेस्सीले जसरी पनि आफ्नो प्रिय साथी नेइमार फर्किउन् भन्ने चाहेको र बार्सिलोनाले मेस्सीलाई खुशी पार्नका लागि नेइमारलाई ल्याउन प्रयास गरेको फ्रान्सेली सञ्चारमाध्यमले दाबी गरेका हुन् ।
मेस्सीलाई खुशी पार्नका लागि मात्रै नेइमारलाई भित्र्याउन प्रयास गरेको जस्तो देखावटी बार्सिलोनाले गरेको आरोप फ्रान्सेली सञ्चारमाध्यमको छ ।