ज्ञानेश्वरमा स्कुटर र मोटरसाइकल ठोक्कियो, एकजनाको मृत्यु

१ भदौ काठमाडौं । राजधानीको ज्ञानेश्वरमा हिजो बेलुकी स्कुटर र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

बेलुकी सवा ७ बजे बा ८२ प ८५४९ नम्बरको स्कुटर र बा ८५ प ७१५१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार बत्तीसपुतलीका २४ वर्षीय अनिश श्रेष्ठको मृत्यु भएको हो ।

मोटरसाइकल चालक भक्तपुरको आशिष शाही, स्कुटर चालक रोविधा थापा र पैदलयात्री प्रेम बहादुर भुजेल घाइते भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार