
१ भदौ, काठमाडौं । डेढ बर्ष अघि प्रर्दशित अनमोल केसीको पाँचौ फिल्म ‘कृ’ युट्युबमा रिलिज भएको छ । माया नगरी मुम्बईको मोडलिङ क्षेत्रमा नाम कमाउँदै गरेकी नेपाली चेली अदिति बुढाथोकीको डेब्यू फिल्मका रुपमा समेत चिनिन्छि यो फिल्मलाई ।
रिभेन्ज लभ स्टोरी जनरको यो फिल्मलाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन जो नेपालका नम्बर वान फिल्म एडिटरका रुपमा चिनिन्छन ।उच्चकोटीको मेकिङ रहेको यस फिल्म निर्माण गर्न ३ करोड प्लस बजेट लागत लगाएका थिए निर्माता सुवास गिरीले ।
हाल निर्माता सुवास गिरी खगेन्द्र लामिछानेलाई लिएर सोसल ड्रामा जनरको एक फिल्म निर्माण तथा सम्भव भएसम्म निर्देशनमा समेत उत्रिने तयारी गरेका छन् । हेरौं भिडियोः