वामदेवलाई उपहार, बने उपाध्यक्ष

३२ साउन, काठमाडौं । नेकपाभित्र भूमिका नपाएको भन्दै असन्तुष्ट देखिएका वामदेव गौतमलाई रिझाउन नयाँ उपाध्यक्ष पद सिर्जना गरिएको छ। शुक्रबारको सविचालय बैठकले उनलाई उपाध्यक्ष बनाउने सहमति गर्दै यससम्बन्धी प्रस्ताव स्थायी समितिमा पठाउने निर्णय गरेको छ।

गौतमले पार्टीको अध्यक्ष पनि र प्रधानमन्त्री पनि एउटै व्यक्ति हुँदा काम हुन नसकेको भन्ने प्रतिवेदनमा उल्लेख गरेका थिए। ओली क्याम्पका नेता गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहालको पक्ष लिने गरी भूमिका खेलेपछि नेकपाभित्रको ओली समूह उनलाई आफ्नै क्याम्पमा फर्काउने प्रयासमा थियो।

प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केपछि गत मंगलबार तीन घण्टा नेता गौतमसँग बालुवाटारमा एक्लै बैठक गरेका थिए। त्यसपछि बुधबार अध्यक्षद्वय ओली र दाहालबीच छलफल भएको थियो। अध्यक्षद्वयको छलफलबाट शुक्रबार गौतम उपाध्यक्षमा सिफारिस भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार