
३१ साउन, काठमाडौं । समाजवादी पार्टी मोरङका नेता उमेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । डयुटीमा खटिएका प्रहरीलाई मादक पदार्थ सेवन गरी हातपात गरेको आरोपमा यादवलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यादव गत स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवारसमेत थिए । यादवलाई मंगलबार राति मोटरसाइकलमा घर जाने क्रममा रोडशेष चोकमा प्रहरीले रोकेका थिए ।
प्रहरी जवान श्यामकुमार चौधरीले मादक पदार्थ सेवन गरी सवारी चलाउन नपाउने भनेपछि यादवले हातपात गरेको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकले खबर छापेको छ ।