विप्लवका दुई नेता कारागार चलान

३० साउन, म्याग्दी । साउन ६ गते म्याग्दीबाट पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द् (विप्लव) समूहका दुई नेतालाई बुधबार कारागार चलान गरिएको छ। अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि विप्लव समूहका जिल्ला इञ्चार्ज नकाल क्षेत्री (विकिरण) र सेक्रेटरी बाबुलाल शाक्यलाई बुधबार कारागार चलन गरिएको हो।

जिल्ला न्यायाधीश माधवेन्द्रराज रेग्मीको बुधबारको इजलासले विप्लव समूहका जिल्ला इञ्चार्ज  क्षेत्री (विकिरण) र सेक्रेटरी  शाक्यविरुद्ध प्रहरीले दर्ता गरेको राज्यविरुद्धको कसुर मुद्दाको सुनुवाई गर्दै कारागार चलान गर्न आदेश दिएको हो। तोकिएको जनही पैतीस हजार रुपैयाँ धरौटी बुझाउन नसक्ने बताएपछि दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला कारागार पठाइएको अदालतले जनाएको छ।

बागलुङ नगरपालिका–३ का ४८ वर्षीय शाक्य र सानीभेरी गाउँपालिका–२ रुकुमका ४२ वर्षीय क्षेत्रीलाई प्रहरीले साउन ६ गते बेनी नगरपालिका–३ नयाँपुलबाट ध १ प २१७० नम्बरको यामाहा मोटरसाइकलसहित पक्राउ गरेको थियो। उनीहरूमाथि स्थानीय तहका पदाधीकारी, व्यापारी तथा कर्मचारीहरूलाई धम्काई जवरजस्ति चन्दा असुलि गरेको, २०७५ फागुन ११ गते म्याग्दीमा रहेका ५ वटा एनसेलको टावरमा आगजनी गराएको र प्रतिबन्धित विप्लप समूहको गतिविधिमा संलग्न भएको आरोप छ। क्षेत्री र शाक्यको पक्षमा सातजना वकिलहरूले बहस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार