
२९ साउन, काठमाडौ । अमेरिकाले भिसा अस्वीकृत गरेको तीन घन्टापछि बोलाएर फेरि भिसा दिएकोप्रति नेपाली क्रिकेटर सन्दीप लामिछानेले कृतज्ञता व्यक्त गरेका छन् ।सामाजिक सञ्जालमा ट्विट गरेर उनले अमेरिकी दूतावाससहित सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले मंगलबार बिहान भिसा दिएको थिएन । त्यसपछि उनले आश्चर्यमा परेको भन्दै प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीलाई मेन्सन गरेर ट्वीट गरेका थिए। दूतावासले लामिछानेलाई बिहान साढे ११ बजेतिर भिसा सम्बन्धी निर्णय ‘रिभ्यू’ गर्नका लागि भन्दै पुनः बोलाएको थियो । ‘रिभ्यू’ पछि दूतावासले उनलाई भिसा दिएको हो ।
लामिछाने अमेरिकामा हुने क्रिकेट प्रतिस्पर्धामा सहभागी हुनका लागि अमेरिका जाने तयारीमा छन्। बिहान पहिलो पटकको अन्तर्वार्तामा भिसा नपाएपछि सन्दीपले आफूले सबै कागजात पूरा गर्दा पनि भिसा नपाएको बताएका थिए ।
Finally all the issues has been sorted out. Thanks to @USEmbassyNepal for your kind cooperation. Big thanks to all the well wishers and concerned person for putting the valuable efforts. @USAmbNepal @PM_Nepal @PradeepgyawaliK @hello_sarkar @MofaNepal @CPL @BIMTridents
— Sandeep Lamichhane (@Sandeep25) August 13, 2019